बाढीको स्थितिमा सुधार

अफगानिस्तानमा थप ८ जनाको मृत्यु

काबुल ।  अफगानिस्तानको राजधानी काबुल भएको हिंसात्मक घटनामा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ । 

शुक्रबारको प्रार्थना गर्ने क्रममा भएको विस्फोटनमा परी उनीहरूको मृत्यु भएको सरकारी अधिकारीहरूले जनाएका छन् ।
 
घटनामा परी अरु १८ जना घाइते भएको र उनीहरूलाई स्थानीय अस्पतालहरूमा भर्ना गरेर उपचार भइरहेको छ ।

सिया समुदायले प्रार्थनाका लागि भेट हुदै गर्दा विस्फोटन भएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक विवरण अनुसार विस्फोटक पदार्थ कारमा ल्याएर विस्फोट गराइएको थियो । घटनाको जिम्मेबारी आइएसआइएसले लिएको छ ।

अफगानिस्तानमा सिया समुदायले लामो समयदेखि पक्षपात भोग्दै आएको छ । यसअघि पनि सो समूहमाथि पटक पटक आक्रमण हुने गरेको थियो ।
 

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ४ : २० बजे