बाढीको स्थितिमा सुधार

यी हुन विश्वकै सबैभन्दा लामो नङ भएकी महिला

न्युयोर्क । अमेरिकी एक महिलाको विश्वकै सबैभन्दा लामो नङको कीर्तिमान बनाएकी छिन् । 

डायना आर्मस्ट्रङले यस्तो कीर्तिमान बनाएको गिनिज वर्ल्ड रेकर्ड्सले जनाएको छ ।

गिनिज वर्ल्ड रेकर्ड्सले जनाए अनुसार मिनेसोटाकी ६३ वर्षीय डायनाको दुवै हातका नङको कुल लम्बाइ ४२ फिट १० दशमलव ४ इन्च लामो रहेको छ । डायनाले विगत २५ वर्षदेखि नङ पाल्दै आएकी थिइन् । 

उनको दायाँ हातको बुढी औला ४ फिट ६ दशमलव ७ इन्च लामो छ । बुढी औँलाको नङ सबैभन्दा लामो छ । उनले पछिल्लो पटक सन् १९९७ मा नेलकटर प्रयोग गरेकी थिइन् ।एजेन्सी

 

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ९ : ०९ बजे