‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

 निर्वाचनपछि पनि डिलाशैनीका जनप्रतिनिधिले जारी राखे घरदैलो अभियान 

​​​​​​​बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकाका जनप्रतिनिधिहरुले घरदैलो अभियान सुरु गरेका छन् । निर्वाचित भइसकेपछि स्थानीयहरुका समस्या बुझ्न आफुहरुले  घरदैलो अभियान चलाएको डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञ भट्टले बताउनुभयो । 


​​​​​​​घरदैलो अभियान पछि पहिचान भएका समस्या समाधानका लागि योजना  छनौटमा प्राथमिकीकरण गरी  ती योजनाहरुलाई कार्यान्वयनको लैजाने योजना गाउँपालिकाको रहेको उहाँले बताउनुभयो । 

घरदैलो अभियानमा  डिलासैनी गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशी सहित विभिन्न वडाका वडाध्यक्ष, वडा तथा कार्यपालिका सदस्य, गाउँपालिकाका प्रशासकीय अधिकृत, ईन्जिनियर तथा अन्य कर्मचारीहरुको समेत सहभागिता हुनुहुन्छ ।  

जनप्रतिनीधिको टोलीले  वडामा रहेका शिक्षण संस्था र स्वास्थ्य संस्थाहरुको पनि अनुगमन गर्ने र समस्या भएमा समाधानका उपाय खोज्ने नीति   लिइएको प्रवक्ता भट्टले बताउनुभयो । अबको झण्डै एक महिना जनप्रतिनीधिहरुको टोलीले वडावडामा घरदैलो अभियान सञ्चालन गरिरहने उहाँले बताउनुभयो । 

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ७ : १३ बजे