सत्ता गठबन्धनले चुनाव जिते पाँच वर्षभित्र लोकतन्त्र समाप्त हुन्छ : केपी ओली 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिरमा हुने निर्वाचन सत्ता गठबन्धनले जितेमा पाँच वर्षभित्र लोकतन्त्र समाप्त हुने दाबी गर्नुभएकाे छ । 

उपत्यका विशेष प्रदेश कमिटी रणनीतिक कार्यशालालाई सम्बोधन गर्दै  अध्यक्ष ओलीले यही गठबन्धनले निर्वाचन जिते नेपाल शक्ति राष्ट्रकोअस्वथ्य क्रियास्थल बन्ने बताउनुभयो । 

‘सत्ता गठबन्धनले निर्वाचन जितेमा लोकतन्त्र नै रहन्छ कि रहदैन भन्ने देखियो,’ उहाँले भन्नुभयो, ‘अहिले शक्ति राष्ट्रका कस्ता वक्तव्य आएका छन्। यसले नेपाललाई अस्वथ्य क्रियास्थल बनाउने देखिएको छ।’ 

उहाँले यही कारण एमालेले निर्वाचन जित्नुपर्ने बताउनुभयो ।

उहाँले अर्थमन्त्री जनार्दन शर्मालाई पुनः नियुक्ती गरेर जे गरे पनि हुन्छ भन्ने घमण्ड सत्ता गठबन्धनले देखाएको बताउनुभयो। 

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  २ : ५० बजे