दलित गाउँका पहिलो शिक्षक

तेह्रथुममा १३ वर्षीया बालिका बलात्कृत

तेह्रथुम । तेह्रथुममा एक जना १३ वर्षीया बालिका बलात्कृत भएकी छन् । 

ती बालिकालाई बलात्कार गरेको अभियोगमो छथर गाउँपालिका–२ फयाक बस्ने २१ वर्षीय षडानन्द नेपालीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

नेपालीले ती बालिकालाई ललाई फकाई साउन १२ गते दिउँसो बलात्कार गरेको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय वसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  १२ : ४० बजे