राष्ट्रपति भवनमा घटस्थापना

अर्थ सचिव मरासिनीको सरुवा, पुष्करले पाए अर्थको जिम्मा

काठमाडौं । सरकारले अर्थ सचिव मधुकुमार मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ । सीसीटिभी काण्ड पछि पनि अर्थमन्त्रीमा जार्नादनशर्मा दोहोरीएपछि मरासिनी मन्त्रालय गएका थिएनन् । मरासिनी गत आइतबारदेखि अर्थ मन्त्रालयमा हाजीर नभई विदामा बसेका थिए । 

सरकारले अर्थमन्त्रालयको जिम्मेवारी कृष्णहरि पुष्करलाई दिएको छ । राजस्व सचिव समेत रहेका पुष्करले अर्को सचिव नआइन्जेलसम्म दुवै सचिवको रुपमा काम गर्ने भएका हुन् ।

बिहीबार मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयका राजस्व सचिव पुष्करलाई अर्थ सचिवको समेत काम गर्ने जिम्मा दिएको हो । मरासइनी रुष्ट भएसँगै अर्थमन्त्री शर्माले आफु निकट कार्यकर्तालाई अर्थसचिवमा ल्याउन लबिङ सुरु गरेका थिए । पुष्कर जनार्दन शर्माका रोजाँईमा परेका सचिव हुन् । 

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  ४ : २० बजे