बाढीको स्थितिमा सुधार

अमेरिका र भारतका विदेशमन्त्रीबीच भेटवार्ता

न्होमपेन । अमेरिका र भारतका विदेशमन्त्रीबीच कम्बोडियामा भेटवार्ता भएको छ । दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको संघ ९आसियान० को मन्त्रीस्तरीय बैठकका क्रममा उहाँहरुका बीचमा बिहीबार भेटवार्ता भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

बैठकमा भाग लिन भारतका विदेश मन्त्री एस जयशंकर, अमेरिकाका विदेश मन्त्री एन्टोनी ब्लिन्केनलगायतका नेताहरु कम्बोडियामा हुनुहुन्छ ।

आफूहरुको भेटवार्ता अति नै राम्रो भएको र समसायिक विषयमा सामान्य छलफल भएको दुवै पक्षका अधिकारीहरुले बताएका छन् । अमेरिकी विदेश मन्त्री ब्लिन्केनले यस भेटलाई आफूले राम्रो अवसरका रुपमा लिएको प्रतिक्रिया दिनु भएको छ ।   

उहाँहरुले खुल्ला तथा स्वतन्त्र इन्डोपेसेफिक र श्रीलङ्का सङ्कटका बारेमा पनि छलफल गर्नु भएको जनाइएको छ । “मेरो लामो समयदेखिको साथी, भारतका विदेश मन्त्री एस जयशंकरसँग राम्रो भेटवार्ता भयो, हामीले समसामयिक र साझा चासोका विविध विषयमा छलफल गरेका छौँ, सहकार्यलाई बलियो बनाउने बारेमा पनि कुराकानी भयो,” ब्लिन्केनले भन्नुभयो ।  

भारतका विदेश मन्त्री जयशंकर विदेशमन्त्रीका रुपमा १२औँ देशको भ्रमण गर्ने क्रममा बुधबार कोलम्बिया पुग्नु भएको हो । 

आसियानमा ब्रुनाई, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, फिलिपिन्स, सिङ्गापुर, थाइल्याण्ड, भियतानमलगायतका देशहरु पर्दछन् ।  
 

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  २ : ४६ बजे