राष्ट्रपति भवनमा घटस्थापना

सप्तकोशी बाढीले डुबानमा फसेका दुई हजार चार सय परिवारको उद्धार (फोटो फिचर)

 

उदयपुर । उदयपुरको बेलका नगरपालिका– ८ डुम्रीबोटे लाहुरे खोँचबाट सप्तकोशीले धार परिवर्तन गरेर पश्चिम तटीय क्षेत्रका गाउँमा पसेपछि प्रभावित भएका २ हजार ४०० घर परिवारको उद्धार गरिएको छ ।

बाढीमा फसेका बेलका नगरपालिका– डुङ्गाबाट उद्धार गरिएको सशस्त्र प्रहरी बल ५ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक कृष्णराज अधिकारीले जानकारी दिनुभयो ।

बुधवार बिहानदेखि साँझसम्म उद्धार जारी राखेर उद्धार गरिएको उपरीक्षक अधिकारीको भनाइ छ । कोशी बुधवार बिहान फुटेकाले गर्दा उद्धार गर्न सहज भएको र मानवीय क्षति हुनबाट जोगाउन सफल भएको उहाँले बताउनुभयो । 

​​​​​​​

कोशी पस्न सक्ने भएकाले अघिल्लो दिन नगरपालिकाले सबै वडामा माइकिङ गरी सुरक्षित स्थानमा जान आग्रह गरेकाले पनि मानवीय क्षति नभएको नगर प्रमुख अशोक कार्कीले बताउनुभयो । बाढीबाट करिब २५ हजार मानिस प्रभावित भएको उहाँको भनाइ छ । 

सप्तकोशीले कटान गरेपछि सुनसरीको बराह क्षेत्र नगरपालिका, उदयपुरको बेलका, सप्तरीको सप्तकोसी र कञ्चनरूप नगरपालिकाका केही बस्ती प्रभावित भएका हुन् ।  

​​​​​​​

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  ११ : ५३ बजे