दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

यु–२० नेपाली फुटबल टोली आज स्वदेश फर्कँदै

काठमाडौँ । भारतमा जारी २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा सहभागी नेपाली टोली आज स्वदेश फर्कँदै छ। 

भारतको भुवनेश्वरमा भएको प्रतियोगितामा फाइनलमा प्रवेश गर्नका लागि जीत हासिल गर्न नसकेको नेपाली टोली आज अपराह्न नेपाल फर्कन लागेको हो ।  

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार नेपाली टोली दिउँसो ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछ। 

सो प्रतियोगितामा नेपाल दुई खेलमा जित, एक खेलमा बराबरी र एक खेलमा हार बेहोर्दै प्रतियोगिताको फाइनल पुग्न असफल भएको थियो। प्रतियोगिताभर नेपालले माल्दिभ्सलाई ४–० र श्रीलङ्कालाई ३–० ले पराजित गरेको थियो भने भारतसँग ८–० को फराकिलो अन्तरले हार ब्योहोरोको नेपालले बङ्गलादेशसँग भने १–१ को बराबरी खेलेको थियो।

सो प्रतियोगितामा भारतले फाइनलको यात्रा तय गरेसँगै नेपालको यात्रा समूह चरणमै सीमित बनेको थियो । 

उपाधिका लागि अब भारत र बङ्गलादेश भिड्ने भएका छन्।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  १० : ४२ बजे