राष्ट्रपति भवनमा घटस्थापना

कोशी ब्यारेजका ५४ मध्ये ४६ ढोका खोलियो

सप्तरी । पूर्वी पहाडमा अविरल परेको वर्षाका कारण उदयपुर, सप्तरी, सुनसरीलगायतका तटीय क्षेत्रमा कोशी नदी अनियन्त्रित भएपछि सप्तकोसी ब्यारेजका ४६ वटा ढोका खोलिएका छन् । 

सप्तकोसी ब्यारेज हुँदै २ लाख ४३ हजार १ सय ८० क्युसेक प्रति सेकेन्डका दरले पानीको बहावमा नियन्त्रण नआएपछि कोसी ब्यारेजका ५६ मध्ये ४६ वटा ढोका खोलिएको हो ।

सप्तरीका प्रहरी उपरीक्षक अभिनारायण काफ्लेका अनुसार कोसी नदीले उदयपुरको बेलाका नगरपालिकास्थित डुम्रीबोटेको पश्चिम बस्तीतर्फ सोझिए पनि ब्यारेजबाट पानीको बहाव भने अझै कम भएको छैन ।

उहाँका अनुसार अविरल तथा तीव्र बहाबका कारण कोसीले उदयपुरमा २ हजार ५ सय भन्दा बढीलाई विस्थापित गरेको छ भने सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिका–१३ गोबरगाढाको सामुदायिक भवन र विद्यालय भवन कटान गरी बगाएको छ ।

थप क्षतिको विवरण सङ्कलन भइरहेको छ ।

 

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  ९ : ५८ बजे