बाढीको स्थितिमा सुधार

चीनले विश्व नेताहरूलाई ताइवान भ्रमण गर्नबाट रोक्न मिल्दैन : पेलोसी

न्युयोर्क । अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले चीनले विश्व नेताहरूलाई ताइवान भ्रमण गर्नबाट रोक्न नसक्ने बताउनुभएको छ । 

बुधवार स्वशासित टापुको भ्रमण समाप्त गरेपछि पेलोसीले यस्तो धारणा व्यक्त गर्नुभएको हो  ।

“दुःखको कुरा चिनियाँ कम्युनिष्ट पार्टीको आपत्तिका कारण हालै विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी बैठकहरूमा ताइवान भाग लिनबाट वञ्चित भएको छ”,  पेलोसीले विज्ञप्तिमा भन्नुभएको छ ।

एसिया भ्रमणका क्रममा मङ्गलवार पेलोसी ताइवानको भ्रमण गर्नुभएको थियो । चीनको विरोध र अन्तर्राष्ट्रिय चासोबीच उहाँले टापुको भ्रमण गर्नुभएको थियो । उहाँको भ्रमणपछि चीनले ताइवानमाथि थप प्रतिबन्धको घोषणा गरेको छ । 

भ्रमणको विरोधमा चीनको विदेश मन्त्रालयले बेइजिङका लागि अमेरिकी राजदूत निकोलस वन्र्सलाई बोलाएको थियो । 

चिनियाँ उप–विदेश मन्त्री झी फेङले पेलोसीको भ्रमणको प्रकृति ‘दुष्ट’ भएको भन्दै अमेरिकाले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी चेतावनी दिनुभएको थियो । एजेन्सी

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  ८ : ३६ बजे