‘नेशनल डे कन्सर्ट’ सम्पन्न

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

उदयपुर, ७ फागुन – २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका-६ खैजनपुर बस्ने २२ वर्षीय चण्डेश्वर चौधरीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

चौधरीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हडियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ९ : २९ बजे