राष्ट्रपति भवनमा घटस्थापना

मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको जहाजमा आतंकवादी रहेको सूचना :  यात्रु ओरालियो

काठमाडौँ । काठमाडौंबाट बुधबार १ : १० मा मुम्बई उड्नुपर्ने नेपाल एयरलाइन्सको न्यारोबडी ३२० जहाजमा आतंकवादी रहेको सूचना आएपछि सबै यात्रु ओरालेर जाँच भइरहेको छ ।

कैलाली प्रहरीले आतंकवादी चढेको सूचना पठाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको हो ।

जहाजमा १४१ जना यात्रु छन् । अहिले सबै यात्रुलाई ओरालेर प्रहरीले जाँच गरिरहेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  २ : ५७ बजे