राष्ट्रपति भवनमा घटस्थापना

उदयपुरको डुम्रीबोटबाट कोशी मानव बस्तीमा पस्यो, जोखिममा परेका पाँच बस्तीमा उच्च सर्तकर्ता

उदयपुर । उदयपुरको बेलका नगरपालिकाको डुम्रिबोटेबाट सप्तकोसीको बाढी पश्चिमतर्फ पसेसँगै ५ वटाभन्दा बढी मानवीय बस्ती उच्च जोखिममा परेका छन् । 

सप्तकोशीले पश्चिमतर्फको भागमा निरन्तर कटान गर्दा बेलका नगरपालिकाको १, २, ३, ८ र ९ वडाको धौरीटापु, श्रीलङ्का टापु, भागलपुर, करैया, तपेश्वरीलगायत बस्ती उच्च जोखिममा परेका हुन । 

पूर्वी पहाडमा लगातारको वर्षात्‌सँगै कोसी नदीमा आएको बाढीले पछिल्लो समय कटान तीव्र पारेसँगै पश्चिम तटीय क्षेत्रमा नदी मानव बस्तीमा पसेको र सो क्षेत्रका सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ जानका लागि सूचना जारी गरिएको नगर प्रमुख अशोक कार्कीले बताउनुभयो । 

उहाँका अनुसार बुधवार बिहानसम्म करिब २५ मिटर कटान गरेर कोसीको भँगालो पश्चिम पसेको छ भने कटानको क्रममा जारी रहेकाले झन्डै ३ सय मिटर कटान गरेर जाने सम्भावना भएको हुनाले धारै परिवर्तन हुन सक्ने खतरामा पनि उत्तिकै रहेको भन्दै स्थानीयलाई सुरक्षित स्थानतर्फ जान अनुरोध गरिएको कार्कीले जानकारी दिनुभयो।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  १० : ०३ बजे