राष्ट्रपति भवनमा घटस्थापना

सप्तकोशी नदीले कटान सुरु गरेपछि श्रीलङ्का टापुका बासिन्दा सुरक्षित स्थलतर्फ

सुनसरी । सप्तकोसी नदीले पश्चिम क्षेत्रमा अत्यधिक मात्रामा कटान सुरु गरेपछि श्रीलङ्का टापुका स्थानीय बासिन्दा सुरक्षित स्थानतर्फ लागेका छन् ।  

गए रातीदेखि परेको अविरल वर्षाका कारण सप्तकोशीले पश्चिम क्षेत्रको भू–भाग कटान गर्ने क्रम नरोकिएपछि श्रीलङ्का टापुका बासिन्दा सुरक्षित स्थलतर्फ लागेका हुन् ।

पानीको बहाव अत्यधिक मात्रामा बढेपछि कोशी ब्यारेजका ३२ वटा ढोका खोलिएका छन् भने २ लाख १६ हजार ८५ क्युबिक प्रतिसेकेन्डका दरले पानीको बहाव भइरहेकाले सुरक्षा सतर्कता अपनाउन प्रहरीले तटीय क्षेत्रका बासिन्दालाई सतर्क गराइएको छ ।  

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ८ : २४ बजे