राष्ट्रपति भवनमा घटस्थापना

उदयपुरमा करेन्ट लागेर एक युवकको मृत्यु

उदयपुर । उदयपुरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । 

जिल्लाको कटारी नगरपालिका– ६ रिस्कुमा करेन्ट लागेर १९ वर्षीय विपिन विकको ज्यान गएको हो । 

सिन्धुलीको दुधौली नगरपालिका–१४ घर भई कटारी नगरपालिका–६ रिस्कुस्थित साथी राज मगरको घरमा गएका १९ वर्षीय विपिन विकको करेन्ट लागेर ज्यान गएको हो ।

मङ्गलवार दिउँसो १ बजे मल्टिप्लकमा मोबाइलको चार्ज गर्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका विकलाई उपचारको लागि कटारी अस्पताल लगेकोमा उनको उपचारको क्रममा ज्यान गएको  इलाका प्रहरी कार्यालय कटारीले जनाएका छन् । 

प्रहरीले घटनाको  बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

 

 

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ७ : २० बजे