बाढीको स्थितिमा सुधार

बेपत्ता भएको पाकिस्तानी सेनाको हेलिकोप्टर भेटियो, ६ जनाको मृत्यु 

इस्लामावाद – बेपत्ता भएको पाकिस्तानी सेनाको हेलिकोप्टर भेटिएको छ । 

देशको बालुचिस्तान प्रान्तमा सोमबार रातीदेखि हराइरहेको हेलिकोप्टर भेटिएको सरकारी सैन्य अधिकारीहरूले मङ्गलबार जानकारी दिएका हुन् ।

हेलिकोप्टरमा रहेका ६ जनाको मृत्युको छ । ती मध्ये लेफ्टिनेन्ट जेनरल सर्फाज अलिको पनि मृत्यु भएको सेनाले पुष्टि गरेको छ ।  

मौसमको खराबीका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटनाप्रति प्रधानमन्त्री शेहबाज शरिफले गहिरो दुःख व्यक्त गर्नु भएको छ । उहाँले मृतकका आफन्तजनप्रति सहानुभूति पनि व्यक्त गर्नु भएको छ ।   

रासस÷एएनआई

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ९ : ५७ बजे