राष्ट्रपति भवनमा घटस्थापना

अर्थमन्त्रीमाथि उच्चस्तरीय छानबिन गर्न माग गरिएको रिट निवेदनलाई दरपीठ

काठमाडौँ – सर्वोच्च अदालतले अर्थमन्त्री जनार्दन शर्मामाथि उच्चस्तरीय छानबिन गर्न माग गर्दै ल्याएको रिट निवेदनलाई दरपीठ गरेको छ ।

     सर्वोच्च अदालत प्रशासनले उपभोक्ता हित संरक्षण मञ्चले अर्थमन्त्री शर्माले बजेट निर्माण प्रक्रियामा अनधिकृत व्यक्ति प्रवेश गराएको हुनाले उच्चस्तरीय छानबिन हुनुपर्ने माग गरिएको रिट निवेदनलाई दरपीठ गरेको हो । सर्वोच्च अदालतका कामु रजिष्टार नारायणप्रसाद पन्थीले प्रक्रिया पूरा नगरी रिट निवेदन ल्याएको हुनाले दरपीठ गर्नुपरेको जानकारी दिनुभयो । 
 

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ९ : २६ बजे