साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

ई–पासपोर्ट आवेदन भाेलिदेखि बिहान ११ बजेबाटै

काठमाडौं । राहादानी विभागले ई–पासपोर्टको अनलाइन आवेदन मंगलवारबाट बिहान ११ बजेदेखिनै खुल्ने भएको छ। राहदानी विभागले यसअघि साँझ साढे ४ बजेपछि खुलाउँदै आएकोमा मंगलवारदेखि बिहान ११ बजेबाट नै खुलाउन लागेको हो ।

विभागले सोमबार सूचना जारी गरी उक्त जानकारी दिएको हो । विभागले हाल दुई हजार चार सय जनाकाे प्रि–इनरोलमेन्ट खुलाउँदै आएकोमा अब कोटा पनि बढाउने तयारी गरेको छ ।

प्रि–इनरोलमेन्ट गरिसकेपछि प्राप्त मितिमा राहदानीका लागि विभागमा पुग्‍नुपर्छ ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ५ : ५३ बजे