खुर्काेटमा बेलिबृज जडान सुरु

बर्दिबासको सिद्धार्थ बैंकको भवनमा भीषण आगलागी,क्षति विवरण आउन बाँकी

महोत्तरी । महोत्तरीको बर्दिबासमा आगलागी भएको छ । बारुणयन्त्र र सुरक्षाकर्मीकाे टाेलीले आगो नियन्त्रणकाे प्रयास गरिरहेकाे छ । आगलागीको कारण पत्ता लागेकाे छैन ।

सिद्धार्थ बैंक भएको घरको माथिल्लो तल्लामा आगलागी भएको हो । माथिल्लो तल्लामा रहेको जिमखानाबाट धुँवा आएकाे प्रत्यक्षदर्शीहरूकाे भनाइ छ । 

आगलागी भएको ठाउँमा के कति क्षति भयो भन्ने तथ्यांक आउन सकेको छैन । 

आगलागीग्रस्त क्षेत्रमा सिद्धार्थ बैंकको माथिल्लो तल्लामा कामना विकास र नेपाल एसबिआई बैंक रहेको सुरक्षाकर्मीहरूले जानकारी दिए । 

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ३ : ३२ बजे