धरान उपमहानगरका मेयर हर्क साम्पाङको कार्यकक्षमा तोडफोड

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको कार्यकक्ष तोडफोड भएको छ ।

धरानको बराह सहकारीबाट पीडित आन्दोलनकारीले मेयर हर्क साम्पाङविरुद्ध नाराबाजी गर्नुका साथै उनको कार्यकक्षमा तोडफोड गरेका हुन् । पीडितहरूले आफ्नो माग राख्दा मेयर साम्पाङले कुरा सुन्न छाडेर ‘मलाई सोधेर पैसा राख्न दिएको हो ? भनेपछि  प्रदर्शनकारीहरुले उनको कार्यकक्षमा तोडफोड गरेका हुन्  ।

आइतबार अपरान्ह ४ बजे झन्डै तीन सयको हाराहारीमा एक प्रदर्शनकारीले ‘हर्क साम्पाङ मुर्दावाद’ भन्दै नाराबाजी गर्नुका साथै मेयरको कार्यकक्ष तोडफोड गरेका थिए  ।

बचतकर्ताको करिब ८ अर्ब रकम हिनामिना गरेको, रेकर्डमा नदेखाइएको र दुःख दिइएको भन्दै बराह सहकारीका  निक्षेपकर्ताहरुले  आन्दोलन गर्दै आएका थिए ।

 

 

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  १२ : १२ बजे