खुर्काेटमा बेलिबृज जडान सुरु

पोखराको कमलपोखरी आसपासका बस्तीका एक सय घर डुबानमा

कास्की ।   पोखरा महानगरपालिका –१३ को कमलपोखरी सपासका बस्तीका एक सय घर डुबानमा परेका छन् । 

आइतबारदेखिको अविरल वर्षाले पोखरा महानगरपालिका –१३ का बस्तीहरूमा पानी भरिएर जलमग्न हुँदा एक सयभन्दा बढी घर डुबानमा परेको हो ।

काहुँखोलाबाट आएको पानीले उक्त क्षेत्र डुबान परेको हो । कमलपोखरीको सिमसार क्षेत्रमा केही वर्षयता निकै धेरै सङ्ख्या घरहरू निर्माण भएका छन् । सिमसारमा घर निर्माण हुँदा पानीको निकास रोकिएको छ ।  

पोखरा महानगरपालिका- १३ का वडाध्यक्ष किरण बरालले जमेको पानी निकास काहुँखोला र दुई कुलाको मुहानतिर खोल्न लागेको बताउनुभयो । 

गए रातीदेखि परेको अविरल वर्षाले कास्कीमा खतराको तह पार गरेको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार पोखराको कास्कीमा भारी वर्षा भएको छ  । 

पछिल्लो २४ घण्टामा कास्कीमा सबैभन्दा धेरै ३२२.८ मिलिमिटर वर्षा मापन भएको छ । यहाँ १२ घण्टामै ३१३ मिलिमिटर पानी परेको विभागले जनाएको छ । जबकि २४ घण्टामा १४० मिलिमिटर र १२ घण्टामा १२० मिलिमिटरभन्दा धेरै पानी पर्नुलाई खतरा मानिन्छ ।

 

 

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ११ : ५० बजे