खुर्काेटमा बेलिबृज जडान सुरु

अविरल वर्षासँगै सडक भासिएपछि तातोपानी नाकामा यातायात अवरुद्ध

सिन्धुपाल्चोक ।  अविरल वर्षाको कारण सडक भासिएपछि तातोपानी नाका अवरुद्ध भएको छ । 

अविरल वर्षाको कारण अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–४ डाक्लाङमा आज बिहान  सडक भासिएपछि यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

सडक भासिए र यातायात अवरुद्ध हुँदा  तातोपानी हुँदै चीनतर्फ जाने आउने मालवाहक सवारी साधनको आवागमन रोकिएको छ ।

सडक मर्मतको लागि सडक विभागसँग समन्वयमा काम सुरु गरिने जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो  । 

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ११ : ०६ बजे