‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

सिन्धुपाल्चोकमा भूमि आयोग र स्थानीय तहबीच सहकार्य

सिन्धुपाल्चोक । भूमिहीनलाई भूमि उपलब्ध गराउन र अव्यवस्थित बसोबासी व्यवस्थापन गर्न कार्यक्रम शुभारम्भ गरिएको छ ।

राष्ट्रिय भूमि आयोग र यहाँका स्थानीय तहबीच कार्य सहमति पत्रमा हस्ताक्षर सम्पन्न भएसँगै कार्यक्रम शुभारम्भ भएको हो । हेलम्बु  र पाँचपोखरी थाङपाल गाउँपालिकाबाहेक अन्य १० स्थानीय तहले उक्त पत्रमा हस्ताक्षर गरेका छन् । 

भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको पहिचान र प्रमाणीकरणको काम गरी भूमि उपलब्ध गराउन राष्ट्रिय भूमि आयोग जिल्ला समितिको आयोजनामा आइतबार चौतारामा कार्यक्रम गरिएको हो ।

आयोगका उपाध्यक्ष नहेन्द्र खड्का र स्थानीय तहका प्रमुख, अध्यक्ष÷उपप्रमुख, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतको उपस्थित कार्यपत्रमा हस्ताक्षर भएको राष्ट्रिय भूमि आयोग जिल्ला समितिका अध्यक्ष झम्कप्रसाद पराजुलीले जानकारी दिनुभयो । सिन्धुपाल्चोकका भूमिहीन दलित, सुकुम्वासीलाई नियमानुसार जग्गा वितरण र अव्यवस्थित बसोबासीलाई व्यवस्थित बसोबासको व्यवस्थापन गराउन बाटो खुलेको उहाँले जानकारी दिनुभएको छ । 

कृषि र आवास निर्माणका लागि उक्त समुदायलाई जग्गा वितरण गर्ने कामको प्रक्रिया अघि बढेको पनि उहाँले बताउनुभयो । जिल्लाका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासी कति छन् भन्ने आयोगले तथ्याङ्क सङ्कलन गर्न लागेको जनाइएको छ ।रासस

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  १० : ३५ बजे