कास्की । कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जामा आइतबार साँझ ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कास्कीकै माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकका २७ वर्षीय नवराज नेपाली रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका नेपालीको उपचारका क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको हो ।
पोखराबाट हेम्जातर्फ जाँदै गरेको ग १७ प १९७० नम्बरको मोटरसाइकललाई ग १ क ५१५२ नम्बरको ट्रकले आइतबार बेलुका पौने ६ बजे ठक्कर दिएको थियो ।
दुर्घटना पश्चात् फरार रहेका ट्रक चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार १० : १९ बजे
प्रतिक्रिया