खुर्काेटमा बेलिबृज जडान सुरु

नारायणगढ–मुग्लिन सडक दुई तर्फी पुनः सञ्चालनमा

भरतपुर । पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक दुईतर्फी सुचारु भएको छ । 

सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउने नजिकै  लेदोसहित खसेको पहिरो पन्छाएपछि सडक दुई तर्फी सञ्चालनमा आएको हो । 

दुई वटा जेसिभी प्रयोग गरेर पहिरो पन्छाइएको र गन्तव्यमा हिँडेका सवारी साधन गुड्न थालेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिनुभयो । 

गए रातिदेखि लगातार पानी परिरहेका कारण सो सडक खण्डमा यात्रा गर्दा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ । रासस 

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ८ : ०१ बजे