‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

प्लाष्टिकबाट सडक निर्माण

तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिकामा खेर गएका प्लाष्टिकलाई उपयोग गरी सडक निर्माण गरिएको छ ।

शुक्लागण्डकी नगरपालिका– ७ सेराटारमा स्थानीयस्तरमा जम्मा गरिएको प्लास्टिक प्रयोग गरी सडक निर्माण गरिएको हो । नगरपालिका–७ सेराटारस्थित सूर्य नेपाल प्रालिको आर्थिक सहयोग एवंं पोखरास्थित ग्रिन रोड फोहर व्यवस्थापन प्रालिले  प्राविधिक सहयोग गरेको थियो । 
उक्त सडक ३३० मिटर लामो छ भने सडकको चौडाई तीन दशमलव पाँच मिटर छ । सो कार्यका लागि २२० केजी प्लास्टिक प्रयोग भएको सूर्य नेपालका हुमनाथ अर्यालले बताउनुभयो । 

उक्त प्लास्टिक सेराटारका बासिन्दा र केही नगरपालिकाको फोहरमैला फाल्ने स्थानबाट सङ्कलन गरी ल्याइएको उहाँले जानकारी दिनुभयो । सडक निर्माणमा प्रयोग गरिएको प्लास्टिकले २० प्रतिशत अलकत्राको प्रयोग घटाउने अर्यालको भनाइ थियोे । पुनः प्रयोग गर्न नमिल्ने प्लास्टिकलाई सफा गरी आवश्यक तापक्रममा राखेर अलकत्रासँग मिसाएर प्रयोग गरिएको हो ।  केही महिनाअघि सूर्य नेपालको सहयोगमा प्लास्टिक जम्मा गर्न तालिम प्रदान गरी स्थानीय बासिन्दालाई प्लास्टिक जम्मा गर्न लगाइएको थियो । 

सडकमा प्लास्टिक प्रयोग भएपछि पानीले सडक चाँडो नबिग्रने, अलकत्राको प्रयोग कम हुने र आयात घट्ने व्यवस्थापन केन्द्रका प्राविधिक विमल बाँस्तोलाले जानकारी दिनुभयो । सडकका सबै संरचना निर्माणका लागि सूर्य नेपालले  रु ४९ लाख र नगरपालिकाको रु तीन लाख लगानी गरेकोे बताइएको छ । 

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  २ : ०९ बजे