खुर्काेटमा बेलिबृज जडान सुरु

खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी

काठमाडौँ । खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्निच्युडको भूकम्प गएको छ । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार खोटाङको मार्तिम बिर्ता ​केन्द्रबिन्दु भएर बिहान ८ बजेर १३ मिनेटमा भूकम्प गएको हो ।

भूकम्पको धक्का पूर्वी नेपालसहित काठमाडौँ उपत्यकाका तीनै जिल्लाका साथै आसपासका जिल्लामा समेत महसुस गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङले भने भूकम्पको कडा धक्का महसुस भए पनि क्षतिको विवरण आई नसकेको जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ९ : ०१ बजे