काठमाडौँ । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
शुक्रवार रातिदेखि सामान्य ज्वरो र खोकीको लक्षण देखिएपछि शनिवार बिहान ग्रान्डी अस्पताल धापसीमा परीक्षण गर्दा उहाँलाई कोरोना पुष्टि भएको उहाँका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताउनुभयो।
उहाँको ग्रान्डी अस्पतालमा नै उपचार भइरहेको छ । डा.कोइरालामा सामान्य खोकी र ज्वरो देखिएको छ ।
प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार ७ : ५९ बजे
प्रतिक्रिया