सुनको मूल्यमा नयाँ कीर्तिमान

४ सय ३८ जनामा संक्रमण, २ जनाको मृत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ४ सय ३८ जना कोरोना संक्रमित थपिएका छन्। 

१७ सय ७९ जनाको पिसिआर परीक्षण गर्दा २ सय ९२ र १९ सय २० जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ४६ जनामा संक्रमण पुष्टि भएको हो । 

यो अवधिमा कोरोनाका कारण दुई जनाको मृत्यु भएको छ। सक्रिय संक्रमितको संख्या ४ हजार ३ सय ६९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

तीमध्ये ४ जना भेन्टिलेटर र ३३  जनाको आइसियुमा उपचार भइरहेको छ । शनिबारसम्म सक्रिय संक्रमितको संख्या ४ हजार ३६९ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । २४ घण्टामा ५८ हजार ५५९ जनाले खोप लगाएका छन् । 

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  ५ : १७ बजे