‘नेशनल डे कन्सर्ट’ सम्पन्न

‘कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनका लागि पहल गर्ने’

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र वितरणको अवधि चैत मसान्तसम्म बढाउने निर्णय गरेको छ ।

पार्टी कार्यालय सानेपामा शुक्रबार राति सम्पन्न कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । यसअघि चैत १० सम्म उक्त कार्य सम्पन्न गर्नुपर्ने निर्णय गरिएको थियो । 

केही जिल्लाको सदस्यता वितरण र नवीकरणको काम बाँकी रहेकाले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वको क्रियाशील सदस्यता छानबिन समितिले थप समय मागेपछि बैठकले चैत मसान्तसम्मको समय बढाएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।

सो वैठकले कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनका लागि पहल गर्ने समेत निर्णय गरेको पार्टीका प्रवक्ता शर्माले जानकारी दिनुभयो । 

शुक्रबार दिउँसो २ बजेका लागि तय भएको बैठक राति ८ बजे मात्र बसेको थियो ।

बैठक बस्नुअघि पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल तथा अन्य पदाधिकारीबीच अनौपचारिक रुपमा झण्डै छ घण्टा पार्टी कार्यालयमै छलफल भएको थियो ।

 

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  १० : २३ बजे