दलित गाउँका पहिलो शिक्षक

झापाको मेचीनगरबाट लागु औषधसहित दुई जना पक्राउ

बनियानी । झापाको मेचीनगर नगरपालिका–६ मेची पुलबाट प्रहरीले बिहीबार दुई जनालाई लागु औषधसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको सिक्किमका ३० वर्षीय मेगवीर लिम्बू र उनका भाइ २३ वर्षीय बुद्धवीर लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । 

इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले दुवै जनालाई पक्राउ गरेको हो । 

प्रहरीले बुद्धवीरको साथबाट लागु औषध तथा तीन थान मोबाइलसमेत बरामद गरेको छ । दुवै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।रासस

 

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ७ : २६ बजे