संवैधानिक पदाधिकारीविरुद्धको मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं ।  संवैधानिक पदाधिकारी विरुद्धको मुद्दामाथिको सुनुवाइ  स्थगित भएको छ । संवैधानिक निकायका पदाधिकारीका कानून व्यवसायीले प्रश्न उठाएपछि सुनुवाइ  स्थगित भएको हो । 

सुनुवाइ सुरु हुनासाथ विपक्षी बनाइएका संवैधानिक पदाधिकारीका कानून व्यवसायीहरुले संवैधानिक निकायलाई पनि विपक्षी बनाउनुपर्ने र उनीहरुबाट लिखित जवाफ आउनुपर्ने माग गर्नुभएको थियो । 
उहाँहरुले संवैधानिक नियुक्तिसम्बन्धी मुद्दा अहिले पनि संयुक्त इजलासमा रहेको र ती मुद्दालाई पनि संवैधानिक इजलासमा राखेर एकसाथ सुनुवाइ हुनुपर्ने माग राख्नुभयो । 
कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले संवैधानिक इजलासको नेतृत्व गरी यी मुद्दा सुनुवाइ गर्न मिल्ने कि नमिल्ने भन्ने प्रश्न गर्र्नुभएको थियो । त्यसपछि सुनुवाइ स्थगित भएको हो । 
 

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  २ : ४५ बजे