खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

एमाले अध्यक्ष ओली झापा जानुहुँदै, स्थानीय कार्यकर्तासँग भेटघाट गर्नुहुने 

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तीन दिनका लागि आज गृह जिल्ला झापा जाने हुनुभएको छ ।

तीन दिनका लागि झापा जान लाग्नुभएका अध्यक्ष ओलीले सङ्घीय निर्वाचनको तयारी लगायतका विषयमा स्थानीय कार्यकर्तासँग छलफल र राय लिने कार्यक्रम तय भएको उहाँको सचिवालयले जनाएको छ । 

अध्यक्ष ओली आज बिर्तामोडमा आयोजना हुने नेपाल उत्पीडित जातीय मुक्ति समाजको कार्यक्रममा सहभागी हुनुहुने त्यसपछि उहाँ पार्टीका जन वर्गीय सङ्गठनका पदाधिकारी नेतासँग अलग अलग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

साउन १२ गते बिहान उहाँ आफ्नो निर्वाचन क्षेत्र झापा ५ मा जानुहुनेछ । त्यहाँ दमकलाई मुकाम बनाएर क्षेत्रभरिका कार्यकर्तालाई भेटघाट गर्ने कार्यक्रम रहेको छ  । त्यहाँर बिहान ९ बजे एमाले दमक नगर कमिटी कार्यालयमा दमक नगर कमिटीका पदाधिकारी र त्यसभन्दा माथिका कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम छ ।

साउन १३ गते ९ बजे पार्टी निकट व्यवसायीसँग भेटघाट,१० बजे अनेम सङ्घका नेता कार्यकर्तासँग भेटघाट,११:००  बजे लोकतान्त्रिक धिमाल सङ्घका अगुवा कार्यकर्ताहरूसँग भेटघाटको कार्यक्रम तय गरिएको छ । 

दिउसो १ः३० बजे बिर्तामोडमा जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गरेर अध्यक्ष ओली अपराह्न ५ः०० बजे काठमाडौँ फर्कने कार्यक्रम तय गरिएको छ ।

 

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  १० : १४ बजे