बैतडी । जङ्गली विषालु च्याउ खाँदा बैतडीमा एकै परिवारका पाँच जना बालबालिका बिरामी परेका छन् ।
मेलौली नगरपालिका–५ खलीगाडमा एकै परिवारका ५ जना बालबालिका बिरामी परेका हुन् ।
बिरामी पर्नेमा सुनिता जोशी, सविता जोशी, किरन जोशी, सोनिया जोशी र दिव्या जोशी छन् । सबै १० वर्ष मुनी उमेर समूहका रहेका छन् ।
च्याउ खाएर बिरामी परेका सबै ५ जनालाई केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको निमित्त प्रमुख जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले जानकारी दिनुभयो । उहाँका अनुसार मङ्गलवार बिहान जङ्गलबाट टिपेर ल्याएको च्याउको तरकारी खाएपछि उनीहरु बिरामी परेका थिए ।
च्याउ खाएको केही बेरपछि उनीहरूले बान्ता गर्न थालेपछि नै उनीहरूलाई स्वास्थ्य केन्द्र लगिएको थियो ।
प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार ९ : ३० बजे
प्रतिक्रिया