खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

नेपाल–चीन सम्बन्ध द्विपक्षीय हितका लागि हुनुपर्ने विज्ञको सुझाव

काठमाडौँ । नेपाल–चीन सम्बन्ध ऐतिहासिक, सौहार्दपूर्ण रहेको र उक्त सम्बन्ध द्विपक्षीय हितका लागि हुनुपर्ने विज्ञहरूले सुझाव दिएका छन् ।

फ्रेन्सड्स अफ सिल्क रोड क्लब नेपालको आयोजनामा ‘हिमाल पारीको मित्रता’ विषयक मंगलबार  भएको कार्यक्रममा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले नेपाल र चीन बीचको सम्बन्धलाई द्विपक्षीय रूपमा अगाडि बढाउँदा दुई देशबीचको सम्बन्ध अझ बलियो हुने सुझाव दिनुभयो । नेपालले लिएको एक चीन नीतिलाई अपनाउँदै दुई पक्षीय हितका लागि काम गर्नुपर्ने उहाँको भनाइ थियो ।

पूर्व पूर्व गभर्नर डा दीपेन्द्रबहादुर क्षेत्रीले नेपालका सबै राजनीतिक दल मिलेर छिमेकी तथा दातृ राष्ट्रका लागि एउटा आर्थिक र परराष्ट्र नीति बनाउनुपर्ने बताउनुभयो । 

नेपालको सम्पूर्ण शक्ति राजनीतिक परिवर्तनमा लागेको हुँदा अन्य महत्त्वपूर्ण विषय छुटेको उल्लेख गर्दै उहाँले सबै दलको सहमतिमा साझा आर्थिक र परराष्ट्र नीति बनाउनुपर्नेमा जोड दिनुभयो ।

श्रीलङ्काका लागि नेपाली राजदूत वासुदेव मिश्रले नेपाल चीन बीचका सम्बन्ध थप बलियो बन्दै गएको र आगामी दिनमा थप प्रगाढ बनाउन चीन सरकारले गरेको सहयोगलाई ध्यानमा राख्नुपर्ने बताउनुभयो । 

क्लबका महासचिव डा कल्याणराज शर्माले चीनबाट हालै भएको भ्रमणको विकासको बारेमा छलफल गर्न, द्विपक्षीय सम्बन्ध सुधार गर्ने तरिकाहरू अन्वेषण गर्न र राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक ज्ञान तथा अनुभव आदानप्रदान गर्न सक्षम बनाउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेको जानकारी गराउनुभयो । रासस

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ७ : २२ बजे