दलित गाउँका पहिलो शिक्षक

अवैध कल सेन्टरका मुख्य नाइके पक्राउ

रूपन्देही। रूपन्देहीको तिलोत्तमामा कल सेन्टरको आवरणमा ठगी धन्दा गर्ने गिरोहका मुख्य दुई जना नाइके पक्राउ परेका छन् ।

तिलोत्तमा–२ जानकीनगरस्थित ब्लू स्काई बिजनेस सोलुसन प्रा.लिमा गएको आइतवार प्रहरीले छापा हानेको थियो । 
अनुसन्धानका क्रममा प्रहरीले मुख्य भूमिकामा रहेका दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १३ बस्ने ४० वर्षीय हिमाल बाठा मगर र भारत विहार प्रदेश गायाविविद्या पञ्चायत बस्ने २५ वर्षीय जिसाद दवाङ्गे भन्ने निरञ्जन कुमारलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई विद्युतीय ठगी कसुरअन्तर्गत मुद्दा दर्ता गरिएको छ ।  

 प्रहरीले २१३ जना कर्मचारीलाई निगरानीमा राखी थप अनुसन्धान पनि गरिरहेको जनाएको छ । गिरोहले सर्वसाधारणको मोबाइल नम्बर, ह्वाट्सप र फेसबुकमा अश्लील म्यासेज पठाउने, बैंक लोन अफर गर्ने, अन्य विभिन्न प्रकारका  प्रलोभन देखाउने, चिठ्ठा पर्‍यो भन्दै ठगी गर्ने गरेको पाइएको छ । 

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ३ : ४९ बजे