पशुपति परिसरमा नाराबाजी गर्ने रोशनी शाही पक्राउ

काठमाडौं – काठमाडौंको पशुपतिबाट रोशनी शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।

पशुपतिमा आयोजित ‘अतिरुद्र महायज्ञ’ मा पुगेर होहल्ला गरेको अभियोगमा प्रहरीले शाहीलाई पक्राउ गरेको हो ।

तत्कालीन सभामुख कृष्णबहादुर महराविरुद्ध बलात्कार आरोप लगाएकी शाही मंगलबार पशुपतिनाथ परिसरमा पुगेर सिद्धबाबाविरुद्ध नाराबाजी गरेकी हुन्।

सिद्धबाबा भनिने कृष्ण गिरी बलात्कार आरोपी रहेको र उनबाट आयोजित महायज्ञको विरोध गर्दै होहल्ला गर्न थालेपछि प्रहरीले जनाएको छ ।

शाहीलाई प्रहरी वृत्त गौशालामा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पशुतपति परिसरमा सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानको नाममा ‘अतिरुद्र महायज्ञ’चलिरहेको छ। महायज्ञका प्रमुख वाचक गिरीविरुद्ध अहिले जिल्ला अदालत सुनसरीमा चलिरहेको मुद्दा विचाराधीन छ। उक्त महायज्ञको उद्घाटनमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी थिए।

गिरीविरुद्ध अनुयायीले बलात्कार अभियोग लगाएपछि जिल्ला अदालत सुनसरीमा मुद्दा चलाइएको थियो। तर गिरीलाई सुनसरी अदालतले सफाइ दिएको थियो। त्यसलाई लिएर जिल्ला सरकारी वकिलको कार्यालयले उच्च अदालत विराटनगरमा अपील दर्ता गराएको थियो। उच्चले फेरि मिसिल अध्ययन गरेर आवश्यक निर्णय लिन जिल्ला अदालत सुनसरीका नाममा आदेश दिएको थियो। 

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  २ : ४६ बजे