दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

निर्मला पन्तको बलात्कार पछि हत्या भएको आज चार वर्ष

काठमाडौं । निर्मला पन्तको बलात्कार पछि हत्या भएको आज चार वर्ष पुगेको छ ।

२०७५ साउन १० गते कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको थियो। कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा साथीको घरबाट हराएकी किशोरी पन्तको मृत शरीर भोलिपल्ट स्थानीय उखुबारीमा फेला परेको थियो ।

साउन लाग्नै हुन्न निर्मला पन्तकी आमा दुर्गा देवीलाई पीडाले सताउन थाल्छ । २०७५ साउन १० गतेको त्यो कालो दिनले उनको मानसपटललाई झस्काइ रहेको हुन्छ ।

​​​​​​​निर्मलाको बलात्कार पछि हत्या भएपनि हत्याराको पत्ता भने अझै सम्म लाग्न सकेको छैन ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ७ : ५६ बजे