दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

माल्दिभ्सविरुद्ध खेल्ने नेपालको सुरुवाती एघार सार्वजनिक

काठमाडौं । यु-२० साफ च्याम्पियनसिपअन्तर्गत उद्घाटन खेलमा माल्दिभ्सविरुद्ध खेल्ने नेपाली टिमको सुरुवाती एघार सार्वजनिक भएको छ । 

मुख्य प्रशिक्षक मेघराज केसीले आयुष घलानको कप्तानीमा पहिलो एघार सार्वजनिक गरेका हुन् । जसमा गोलरक्षक ईश्वर गुरुङ छन् । यस्तै, डेनमार्कबाट प्रशिक्षणका लागि नेपाल आइपुगेका सुगम सुवालसमेत प्लेइङ सेटमा छन् । 

प्रतियोगितामा नेपाल पहिलो तीन अंक खोस्ने रणनीतिमा  छ । सिंगल राउण्ड रोबिनको पद्धतिमा हुने तालिकाको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । 

नेपाली टिमः 

आयुष घलाना (कप्तान), ईश्वर गुरुङ (गोलरक्षक), अजय चौधरी, अमर श्रेष्ठ, कृतिश रत्न छुन्जु, दिपेश गुरुङ, सुमित श्रेष्ठ, आशिष राई, अभिषेक वाइवा, सुगम सुवाल, सन्दीप कार्की
 

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ४ : २० बजे