‘एउटै नाउरको सिकार गर्न २३ लाख’

आस्थामा पुष्पलाल छन् !

नेपाली क्रान्तिका जागा बोद्धा ती  पुष्पलाल हुन्
वर्गको  मुक्तिमा लड्ने   योद्धा ती पुष्पलाल हुन्
अन्यायी   तन्त्रमा  धावा बोल्ने ती पुष्पलाल हुन्
सिद्धान्त कर्ममा ज्यादा घोल्ने ती पुष्पलाल  हुन् ।।

गद्दार उपमा   पाई   ठडिने  पुष्पलाल हुन्
देवत्व  रूपमा गाई   पढिने  पुष्पलाल हुन्
विचार भावना मिल्दा अर्थका पुष्पलाल हुन्
कोपभाजनमा  पर्दा  व्यर्थका पुष्पलाल हुन् ।।

मार्क्सवादी बनी बाटो खन्ने ती पुष्पलाल हुन्
एकता भै  लडौँ हामी भन्ने ती पुष्पलाल हुन्
भोकाका पेटमा खाना खोज्ने ती पुष्पलाल हुन्
नाङ्गाका  आङमा नाना  रोज्ने ती पुष्पलाल हुन् ।।

साधा जीवनमा बाँच्ने  सादगी  पुष्पलाल हुन्
सिद्धान्त कर्ममा जाँच्ने  पौरखी  पुष्पलाल हुन्
स्वाभिमानी बनौँ  भन्दै  गर्जिने पुष्पलाल  हुन्
जिन्दगी राष्ट्रका निम्ति  अर्पिने पुष्पलाल हुन् ।।

हाम्रा यी भिर पाखामा   माटामा पुष्पलाल छन्
साझा चिन्तनका भावी बाटामा  पुष्पलाल छन्
अग्रगामी  सदाचारी   मनमा  पुष्पलाल छन्
नेपाली क्रान्तिका जागा तनमा पुष्पलाल छन् ।।

वर्गीय मुक्तिको  न्यानो मायामा पुष्पलाल छन्
लोकतन्त्र बनी खोजौँ   छायामा पुष्पलाल छन्
नेपाली श्रमजीवीका आस्थामा पुष्पलाल छन्
सुनौला  सपना  कोर्ने  यात्रामा  पुष्पलाल  छन् ।।

(कवि पन्थका धेरै साहित्यिक कृतिहरू प्रकाशित छन् ।)
 

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  १० : ४९ बजे