पहिरोले घर पुरिँदा अछाममा एकै परिवारका तीन जनाको मृत्यु

अछाम। अछाममा निरन्तरको वर्षापछि आएको पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

जिल्लाको तुर्माखाँद गाउँपालिका–२ भुलुका अमर विष्टको घर पुरिँदा घरमा सुतिरहेका तीन जनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा अमर बिष्टका भाइ विरेन्द्र विष्ट ,छोरा संविधान विष्ट र बुहारी हरिकला विष्ट रहेको प्रहरीले जनाएको छ । 

पहिरोमा पुरिएर एक जना घाइते भएका छन् । उनलाई उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको छ ।

तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बर बिसीले वर्षापछि घर माथिबाट आएको पहिरोका कारण दुःखद घटना भएको बताउनुभयो । 

अहिले स्थानीय, जनप्रतिनिधि, प्रहरीको सक्रियतामा उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ । गए राति १ः०० बजेतिर पहिरो खसेको थियो । ओछ्यानमा सुतिरहेकाहरू पहिरोमा पुरिएका थिए । 

घटनाको थप विवरण आउन बाँकी छ ।

 

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ८ : १३ बजे