पाल्पाको रिब्दिकोटमा गाडी दुर्घटनामा ६ जनाको मृत्यु, १७ घाइते  

पाल्पा । पाल्पाका रिब्दिकोटमा गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १७ घाइते भएका छन् । 

बुर्तिबाङबाट बुटवल आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस केहीबेर अघि लघुवामा दुर्घटना भएको हो । बस सडकबाट करिब ३/४ सय मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् । बस दुर्घटना भएको वडा अध्यक्ष ओम प्रसाद पोखरेलले पुष्टि गर्नुभयो ।  उहाँका अनुसार  ६ जना यात्रुको शव फेला परेको छ ।

दुर्घटनाका घाइतेहरुलाइ जिल्ला प्रहरी कार्यालयको टिमले उद्दार गरी उपचारको लागि तानसेन पठाएको छ ।

उक्त ठाउँ नजिक यसअघि मलामी सवार बस दुर्घटना भएको थियो । गत पुस १८ गते भएको दुर्घटनामा ७ जनाले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ५ : ४१ बजे