दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

नक्कली नेपाली नोटसहित भारतीय नागरिक पक्राउ

सर्लाही – हरिवन नगरपालिका–११ स्थित कार्की पुस्तक पसल अगाडिबाट एक हजार दरको ५० थान नेपाली नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भारत सितामढी सोनवर्षा परछुहिया–९ घर बताउने ४० वर्षीय लालमोहन पासवान छन् । उनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उनलाई उक्त नोटहरू सहित फेला पारी पक्राउ गरेको हो ।  

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ४ : ४० बजे