सुनको मूल्यमा नयाँ कीर्तिमान

७५ देशमा फैलिएपछि मंकीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा

न्युयोर्क । मंकीपक्स प्रकोपलाई विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको छ । 

संसारभरका ७५ देशमा फैलिएपछि डब्लूएचओले मंकीपक्सलाई विश्व स्वास्थ्य सङ्गठनले आपत्काल घोषणा गरेको हो । 

सङ्क्रमणका घटना बढेपछि डब्लूएचओको आपत्कालीन समितिको दोस्रो बैठकपछि सबैभन्दा उच्च तहको चेतावनी जारी गरिएको हो ।

विश्व स्वास्थ्य सङ्गठन महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयसले ७५ देशमा १६ हजारभन्दा  धेरै केस रिपोर्ट गरिएको बताउनुभयो । उहाँका अनुसार महामारीका कारण अहिलेसम्म पाँच जनाको मृत्यु भइसकेको छ । 

मंकीपक्स बाहेक अहिले कोभिड र पोलिओ उन्मुलनसम्बन्धी अन्य दुई प्रकारका विश्वव्यापी स्वास्थ्य आपत्काल लागु छन् । 

महानिर्देशक डा. टेड्रोसका अनुसार आपत्कालीन समितिमा मंकीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपत्काल भन्ने कि नभन्ने बारेमा सुरुमा एकमत हुन सकेको थिएन । तर, उहाँले यो प्रकोप विश्वभर द्रुत गतिमा फैलिएको र यो वास्तवमै अन्तर्राष्ट्रिय चासोको विषय भएको निर्णय गरिएको बताउनुभयो ।

मंकीपक्स भाइरसका कारण यो रोग लाग्छ । यो भाइस पहिलो पटक सन् १९५० मा मध्य अफ्रिकामा देखा परेको थियो ।एजेन्सी

 

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ७ : ५३ बजे