ट्राफिक प्रहरी मधेस प्रदेशद्वारा २२ करोड राजस्व सङ्कलन

ब्याङकक ।   थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चाले विश्वासको मत पाएका छन् ।  

शनिबार संसद्मा भएको मतदानमा उनले दुईसय ५६ मत पाएका थिए भने विपक्षमा दुईसय छ मत खसेको थियो । अविश्वासको प्रस्तावमा विपक्षी दलले प्रधानमन्त्रीसँगै निशाना बनाएका १० जना मन्त्रिपरिषद्का सदस्यको पद पनि जोगिएको छ । 

मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले आर्थिक वर्ष २०७८/७९ मा रु २२ करोड बढी राजस्व सङ्कलन गरेको छ । मधेस प्रदेशका आठ जिल्लाका ट्राफिक प्रहरी कार्यालयहरू र मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले गरी रु २२ करोड ४४ लाख ४० हजार ५०० राजस्व सङ्कलन गरेको हो ।

आठ जिल्लामा सबैभन्दा बढी जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले रु तीन करोड १७ लाख ६२ हजार र सबैभन्दा कम राजस्व सङ्कलन गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहट रहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले रु एक करोड ७८ लाख ७० हजार पाँच सय मात्र राजस्व सङ्कलन गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बारासमेत रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले रु तीन करोड ७५ लाख ५६ हजार, सप्तरीले रु दुई करोड १२ लाख ५१ हजार, धनुषाले रु एक करोड ९७ लाख ५७ हजार, महोत्तरीको रु दुई करोड ५३ लाख १९ हजार ५००, सर्लाहीले रु दुई करोड १६ लाख ३४ हजार ५००, बाराले रु दुई करोड ४५ लाख ६८ हजार र पर्साले रु दुई करोड ८५ लाख २१ हजार ५०० राजस्व सङ्कलन गरेका ट्राफिक प्रहरी कार्यालय पथलैयाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

 सो कार्यालयले आर्थिक वर्ष २०७७/७८ मा दुई लाख ५९ हजार एक सय ८८ वटा सवारी साधनबाट रु १९ करोड १६ लाख ३७ हजार राजस्व सङ्कलन गरेको थियो ।
 

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  १२ : २६ बजे