खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

जातका आधारमा नभई जो पहिले मारियो उसैलाई पहिलो शहिद मान्नुपर्छ : अध्यक्ष ओली 

काठमाडौँ ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शहिदलाई जातीयकरण गर्न नहुने बताउनुभएको छ । 

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का संस्थापक महासचिव पुष्पलालको ४४औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै उहाँले जातका आधारमा नभई जो पहिले मारियो उसैलाई पहिलो शहिद मान्नु पर्ने बताउनुभयो ।

“म इतिहासकारलाई अनुरोध गर्दछु । शहिद जातीय विषय होइन राष्ट्रिय आन्दोलनको विषय हो । जातीय शहीद नबनाउन”, उहाँले भन्नुभयो,  “जातको होइन राष्ट्रको शहिद हुन्छ । जो पहिलो मारियो उही पहिलो शहीद हो ।”

उहाँले परिवर्तनका लागि बलिदान गर्दा जुनसुकै पार्टीमा भए पनि त्यसपछि राष्ट्रिय शहिद हुने बताउनुभयो ।

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  १२ : १७ बजे