खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

एमाले अध्यक्ष ओलीद्वारा पुष्पलालको शालिकमा माल्यार्पण (फोटोफिचर)

​​​​​​​काठमाडौँ  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँस्थित ताम्सिपाखामा पुगेर पुष्पलालको शालिकमा माल्यार्पण गर्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलालको ४४औँ स्मृति दिवसका अवसरमा अध्यक्ष ओलीले काठमाडौँस्थित ताम्सिपाखामा पुगेर पुष्पलालको शालिकमा माल्यार्पण गर्नुभएको हो ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४४औँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ ।

नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएका पुष्पलालको २०३५ साल साउन ७ गते भारत प्रवासमा रहेको बेला निधन भएको थियो ।

२००५ सालमा पुष्पलालले मार्क्स र एंगेल्सद्वारा लिखित विश्व कम्युनिष्ट पार्टीको घोषणापत्रलाई नेपालीमा उल्था  गर्नुभएको थियो । त्यसको एक वर्षपछि पुष्पलालले विसं २००६ वैशाखमा चार जना साथी निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर पहिलो पटक भारतको कोलकातामा बसेर नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्नुभएको थियो ।

राणा विरोधी आन्दोलनका शहीद गङ्गालाल श्रेष्ठका माइला भाइ समेत रहनुभएका उहाँ दाजुको हत्या भएपछि १५ वर्षकै उमेरमा राणा शाही विरोधी आन्दोलनमा सक्रिय हुनुभएको थियो । 

​​​​​​​​​​​​​​​​​​​​​

 

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  ९ : ३० बजे