दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

कुमार थापा महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त

काठमाडौं । राष्ट्रि महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा कुमार थापा नियुक्त हुनुभएको छ । 

अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार थापालाई नेपालमा आयोजना हुने साफ च्याम्पियनसिप प्रतियागिताका लागि महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । 

पूर्वखेलाडी थापा विभागीय टोली एपीएफ फुटबल क्लबको पुरुष टोलीका मुख्य प्रशिक्षकसमेत हुनुहुन्छ । 

यसअघि अष्ट्रेलियन नागरिक ग्यारी फिलिप्सले महिला टोली छाडेयता टिम प्रशिक्षकविहीन थियो । ग्यारीको अनुपस्थितिमा चेतन घिमिरेले टिम हेर्नुभएको थियो । 

महिला साफ ६ देखि १९ सेप्टेम्बरसम्म काठमाडौंमा हुँदै छ । 

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  २ : ४० बजे