दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

लहान नगरपालिकाका उपमेयर महतोविरुद्ध जबरजस्ती करणी प्रयासको उजुरी

सिराहा । लहान नगरपालिकाका उपमेयर राम महतोविरुद्ध जबरजस्ती करणी उद्योगको उजुरी प्रहरीमा परेको छ ।

जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी सुवास बुढाथोकीका अनुसार दुई महिनाअघि भएको घटनाको विषयलाई लिएर उपमेयर महतोविरुद्ध उजुरी परेको हो । 

उहाँका अनुसार अदालतबाट पक्राउ पूर्जी प्राप्त हुनासाथ आरोपीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिनेछ ।

उपमेयर महतोले जागिर लगाइदिने भनेर स्थानीय एक महिलालाई आफ्नै कार्यकक्षमा लगेर जबरजस्ती करणी गर्न खोजेको किटानी जाहेरीमा उल्लेख गरिएको छ । 

कम्प्युटर अपरेटर पदमा जागिरका लागि निवेदन दिएकी महिलालाई दुर्व्यवहार गरेको आरोप उनीमाथि छ ।

गत जेठ महिनाको घटनालाई लिएर दुई दिन अगाडि मात्र दर्ता भएको हो । 

 

 

 

 

 

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  १० : ५३ बजे